Skip to content

बारबरा फाउण्डेसनद्वारा खोजमूलक पत्रकारिता पुरस्कार–२०८२ आह्वान

nabil bank

काठमाडौं । बारबरा फाउन्डेसनबाट प्रदान गरिने पत्रकारिता पुरस्कार–२०८२ का लागि इच्छुक व्यक्तिलाई आह्वान गरिएको छ। पत्रकारिता जगतले गर्ने अनुसन्धानमूलक पत्रकारिताले सुशासनको खोजी र कानूनको शासनको थिती बसाल्न पुर्याउँदै आएको योगदान सर्वविदितै भएकाले उक्त पुरस्कारका लागि आह्वान गरिएको फाउन्डेसनद्वारा जारी सूचनामा जनाइएको छ ।

सोही कुरालाई ध्यानमा राखेर यो विशिष्ट पुरस्कारको थालनी गरिएको फाउन्डेसनको भनाइ छ । उक्त पुरस्कारका लागि समावेश लेख रचना नेपालको सामाजिक, आर्थिक वा राज्य संयन्त्रमा परिवर्तन ल्याउन सक्ने वा आफूले गरेको खोजमूलक अनुसन्धानको लेखमार्फत प्रभाव देखाउन सक्ने स्तरको सोध/खोजलाई विशेष प्राथमिकता दिएर तयार गरेको सामग्री हुनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिस्तर्धामा उक्त सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडिया वा डिजिटल पोर्टलमा प्रकाशित/प्रसारित भएको हुनुपर्ने फाउन्डेसनले जनाएको छ । उक्त लेख रचनाहरू बारेको आवेदन जोजस्ले दिए पनि (प्रकाशक, पत्रकार, दर्शक, श्रोता वा पाठक) माझ स्वीकार्य भएको हुनुपर्ने तथा आवेदकले आफ्नो लेख रचना समावेश गर्दा लेखकको व्यक्तिगत परिचय स्पष्ट रुपमा खुलाएर आवेदन दिन सक्ने सूचनामा भनिएको छ ।

यसै वर्ष बैशाख २०८१ देखि चैत २०८१ सम्म (१२ महिना) भित्र प्रकाशन/प्रसारणमा भइसकेका अनुसन्धानमूलक समाचार/सामग्रीले प्रतिस्तर्धामा सहभागी हुन पाउने सूचनामा जनाइएको छ । बारबरा फाउन्डेसन, बालुवाटार, काठमाडौँको पोष्ट बक्स नम्बरः १९८५५ फोनः ९८४३७७३८१७ तथा इमेलः [email protected] मा सम्पर्क गर्न सकिने जनाइको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi