Skip to content

‘मलाई सरकारले न्याय गर्‍यो,लोडसेडिङ हुँदैन’

काठमाडौं । सोमबार मन्त्रिपरिषद्‍बाट नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई न्याय गरेको बताएका छन् ।

शाक्यले आफूले नियुक्तिको पत्र भने पाइनसकेको उनको भनाइ थियो । उनले घरायसी ग्राहकलाई लोडसेडिङ नहुनेसमेत प्रस्ट पारेका छन् । बरु उद्योगमा भइहरेको लोडसेडिङको समयलाई न्यूनीकरण गर्ने आफ्नो प्रयास रहने उनको भनाइ थियो ।

उनले भने सरकारले आफूलाई पुरानो योजना पूरा गर्ने अवसर दिएको बताए ।यसअघि आफू प्राधिकरणको कार्यकारी निर्देशक भएर पनि काम गर्न नपाएको उल्लेख गर्दै उनले अब ती योजनाहरू पूरा गर्नतर्फ लाग्ने बताए ।

शाक्यले आफूले साढे ३ वर्ष काम गर्न पाएको भए अहिलेको समस्या नै नआउने जिकिर गरे । ‘मैले चार वर्षका लागि नियुक्ति पाएको थिएँ । तर, साढे ३ वर्ष काम गर्न पाइनँ । अदालतले पनि समयमै निर्णय नगरिदिँदा मेरो यो अवधिको योजना बनाउन सकिएन,’ शाक्यले भने ।

‘लोडसेडिङ भन्ने कुरा कोही भएर हुने, कोही नहुने भन्ने हुँदैन । लोडसेडिङ भनेको बिजुली नपुगेपछि हुने हो । पर्याप्त बिजुली भयो भने लोडसेडिङ पनि नहुने हो । अहिले पनि भारतले बिजुली दिएर व्यवस्थापन गरिएको हो ।

अहिले पनि लोडसेडिङ हटेको होइन, उद्योगमा लोडसेडिङ छँदै छ,’ उनले भने, ‘घरघरमा लोडसेडिङ हुने सवालै छैन । उद्योगमा जसरी लोडसेडिङ भइरहेको छ, त्यसलाई हटाउनेचाहिँ सूत्र मैले फलोअप गरिरहेको छु ।’

उनको भनाइमा औद्योगिक लोडसेडिङको समस्या पनि एकरडेढ महिना मात्रै रहन्छ । यो अवधिको लागि उद्योगमा लोडसेडिङ शून्य बनाउन नसके पनि घटाउन भने सकिने उनको भनाइ छ । ‘लोडसेडिङलाई शून्य त बनाउन नसकिएला तर हटाउनुपर्छ’, उनले भने ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi