Skip to content

४ अर्ब ५३ करोड निक्षेप लगानी गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकले बिभिन्न कोषमा रहेको ४ अर्ब ५३ करोड १७ लाख रुपैयाँ संस्थागत निक्षेप राख्न बैंक तथा वित्तीय संस्थालाई प्रस्ताव गरेको हो ।

रकम लगानीका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले चैत १५ गते बिहिबारसम्म निक्षेप लिन चाहेको रकम र दिन चाहेको ब्याज तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ । यो रकम ३६६ दिनका लागि राख्न सक्नेछन् । लगानीका लागि छुट्याइएको रकम मध्ये वाणिज्य बैंकहरुको लागि ३ अर्ब ६२ करोड ५५ लाख, विकास बैंकहरुको ६७ करोड ९७ लाख र फाइनान्स कम्पनीहरुका लागि २२ करोड ६५ लाख रुपैयाँ तोकिएको छ ।

रकम लगानीका लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम कुल पुँजीकोष (बफर सहित) कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको आठ प्रतिशतभन्दा कम भएको, खुद निष्क्रिय कर्जा ३ प्रतिशत ननाघेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा–व्यवस्थापछिकोमा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं घरजग्गा कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi