Skip to content

स्वरोजगार लघुवित्तको १२ हजार सेयर बिक्रीमा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार ७ सय ९४ कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।

सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२० रुपैयाँ तोकिएको छ। सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने छ।

साथै तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T