Skip to content

सप्तकोशी डेभलपमेन्ट बैंकले ४० हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले ४० हजार कित्ता संस्थापक सेयर लिलाम प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । बैंकले सो सेयर सर्वसाधारणले पनि खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

साे बैंकले सेयर प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ । इच्छुक खरिकर्ताले कम्तीमा १०० कित्ता र बढीमा १० को गुणांकमा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । सो सेयर खरिद गर्न इच्छुकहरुले आज (चैत १७ गते) देखि चैत २६ गतेसम्ममा गोप्य शिलबन्दी बोलपत्र पेस गरिसक्नु पर्ने छ।

बोलपत्र काठमाडौंको डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको कार्यालयमा पाइने बैंकले जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima