Skip to content

गरिमा विकास बैंकले माग्याे कर्मचारी

काठमाडौं । गरिमा विकास बैंकले विभिन्न स्थानमा रहेको शाखाहरूका लागि कर्मचारी माग गरेको छ।

उक्त बैंकले वालिङ, बेनी, कोहलपुर र नारायणगढ क्षेत्रका शाखाहरूमा काम गर्नका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो। बैंकले प्रशिक्षार्थी सहायकदेखि सहायक तहका विभिन्न पदहरूका लागि आवेदन खुला गरेको छ। प्रशिक्षार्थी सहायक पदका लागि उम्मेदवारलाई न्यूनतम १०+२ पास, दोस्रो श्रेणीमा अंक प्राप्त गरेको हुनुपर्ने छ।

त्यसैगरी, सहायक तहका अन्य पदहरू (जुनियर असिस्टेन्ट, असिस्टेन्ट, सिनियर असिस्टेन्ट, सुपरभाइजर) का लागि उम्मेदवारले कम्तीमा १०+२ पास, दोस्रो श्रेणीमा अंक प्राप्त गरेका र बैंकिङ क्षेत्रमा कम्तीमा दुई वर्षको अनुभव राखेका हुनुपर्ने छ।

स्नातक उत्तीर्ण, स्थानीय बासिन्दा र दुईप्राङ्ग्रे सवारी चालक अनुमति पत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। इच्छुक र योग्य उम्मेदवारहरूले चैत ३१ गतेभित्र आवेदन दिनुपर्ने छ

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T