Skip to content

‘रेडियो नेपाल देश र जनताको हो’ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ताको नभई देश र जनताको पक्षमा रेडियो नेपालले काम गर्नुपर्ने बताए।

काठमाडौंमा आज सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतको रेडियो नेपालको ७५औँ हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले ‘पिएसबी मोडल’मा सञ्चालन भएको रेडियो नेपालले सत्ताभन्दा देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए ।

रेडियो नेपालले अब कुनै पनि राजनीतिक नेता तथा पार्टीको गुणगान गाउन आवश्यक नभएको उल्लेख गर्दै उनले सत्यतथ्य र आधिकारिक सूचना सम्प्रेषण गरी आमजनतालाई सुसूचित गर्न निर्देशन दिए।

सञ्चारमन्त्री गुरुङले मुलुकभित्रको विविधतामा एकता खोजी समावेशी चरित्रको भूमिका निर्वाह गर्दै देशका सबै वर्ग, क्षेत्र र पक्षले अपनत्व गर्ने सञ्चार गृहका रुपमा रेडियो नेपाल स्थापित हुनुपर्नेमा जोड दिए ।

सार्वजनिक सेवा प्रसारण नेपाल ‘पिएसबी’ का कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले रेडियो नेपालको पहुँच विस्तार कार्य तीव्र बनाउनुका साथै जनताले पाउनुपर्ने सत्यतथ्य सूचनाको हकलाई प्रत्याभूति गर्ने प्रतिबद्धता व्यक्त गरे । समयको माग र सूचनाप्रविधिको विकाससँगै रेडियो नेपालको कार्यशैलीमा परिवर्तन गरेको जानकारी दिँदै कार्यकारी अध्यक्ष डा विष्टले सङ्घीय समावेशी अवधारणालाई आत्मसाथ गरी मुलुकका सबै पक्षको अपनत्व हुनेगरी सेवा प्रवाह गरिरहेको स्पष्ट गरे।

सो अवसरमा रेडियो नेपालमा २५ वर्ष सेवा गरेका कर्मचारी, उत्कृष्ट कर्मचारी र गीतसङ्गीत क्षेत्रका उत्कृष्ट स्रष्टाहरुलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima