Skip to content

स्वच्छ ऊर्जा प्रबर्द्धन गर्न स्पेनले विद्युतीय सवारीको अनुदान बढायो

म्याड्रिड । स्पेन सरकारले विद्युतीय सवारी साधन किन्न सहयोग गर्ने ‘मुभ–३’ योजना सन् २०२५ को सुरुदेखि पुनः लागू गर्ने निर्णय गरेको छ।

यो योजना वर्षभरि लागू हुनेछ। यसअनुसार, विद्युतीय गाडी किन्दा र पुरानो गाडी हटाएमा व्यक्तिले सात हजार युरोसम्म पाउनेछन्। व्यावसायिक गाडीको हकमा यो रकम नौ युरोसम्म हुनेछ।

यस योजनाले गाडी किन्नेहरूलाई १५ प्रतिशत कर छुट दिनेछ, जसको सीमा तीन हजार युरो छ। साथै, देशभर विद्युतीय गाडी चार्ज गर्ने स्थान बढाउन पनि सहयोग गरिनेछ।

पर्यावरणमन्त्री सारा आगेसनले मन्त्रिपरिषद्को बैठकपछि यसबारे जानकारी दिए। उन भने, ‘यसले विद्युतीय गाडीको माग बढाउन मदत गर्छ र हाम्रो उद्योगलाई बाहिरी समस्याबाट जोगाउँछ।’

उनका अनुसार यो योजनाले गाडी किन्नेहरूलाई भरपर्दो वातावरण सिर्जना गर्नेछ र विद्युतीय सवारी उत्पादन तथा अन्य सम्बन्धित उद्योगलाई पनि फाइदा पुग्नेछ। ‘हामीले अहिलेसम्म विद्युतीय सवारी र पूर्वाधारका लागि ३ अर्ब युरो खर्च गरिसकेका छौँ,’ आगेसनले बताए।

युरोपेली संस्थाका अनुसार, सन् २०२४ मा स्पेनमा एक लाख ३३ हजार ६ सय ९९ वटा विद्युतीय गाडी बिक्री भए। यद्यपि, पूर्ण विद्युतीय र प्लग–इन गाडीको बिक्री अघिल्लो वर्षभन्दा ३.९ प्रतिशतले घटेको थियो। यी गाडीले कुल बिक्रीको ११.४ प्रतिशत ओगटेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi