Skip to content

सेन्साइ ब्राण्डले एक्स प्लस दिने आकर्षक नयाँ वर्ष योजना

काठमाडौं । सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सेन्सेइ ब्राण्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष सबैलाई एक्स प्लस सेन्सेइ किन्नेलाई’ अभियना सुरु गरेको छ । यो अभियान अन्तर्गत सेन्सेइ ब्राण्डका घरायसी सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र स्योर सट उपहारहरुको साथै बम्बर लक्की ड्रमा हिरो एक्स प्लस बाइक पाउन सक्नेछन् ।

सेन्सेइका उत्पादनहरु जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन् । जसले उर्जा बचत गर्ने, उच्च प्रदर्शन गर्ने र टिकाउ हुने वाचा गर्छन । यो अभियान अन्तर्गत ग्राहकहरुले सेन्सेइका घरायसी उपकारणहरु खरिद गर्दा २५ प्रतिशतसम्म क्यासब्याक र स्योर सट उपहारहरु पाउने सक्नेछन् । यो योजनामा ५० इन्चको एलइडी टिभि र माथिमा

Mi Air Pod, सेमी-अटोमेटिक वाशिङ मेसिनमा २ किलो Ariel, र फ्रन्ट-लोड वाशिङ मेसिनमा ६ किलो Ariel प्राप्त गर्न सक्नेछन्। यो अवसरले ग्राहकहरूको नयाँ वर्षलाई अझ स्मरणीय बनाउनेछ ।

लक्की ड्रमा सहभागी हुन बिज्ञापनमा दिइएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सक्नुहुनेछ । ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने र नयाँ उत्पादनहरूको लागि 0% EMI (किस्ता) भुक्तानीको सुविधा उपलब्ध गराएको छ। क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले अफरहरूको फाइदा उठाउन सक्नेछन् ।

सिजी इलेकट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो, जसले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। सेन्सेइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रतिनिधित्व गर्दै, सिजी इलेकट्रोनिक्सले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न सदैव तत्पर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi