Skip to content

स्वाभिमान लघुवित्तको साधारणसभा वैशाख १९ गते, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको साधारणसभा वैशाख १९ गते हुने भएको छ । आठौं वार्षिक साधारणसभा वैशाख १९ गते शुक्रबार तिलोत्तमा–५, रुपन्देहीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ । कम्पनीको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

उक्त सभामा हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्न गर्ने छ । सभाले गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ।

त्यस्तै रिक्त सञ्चालक पदमा मनोनयन गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोही बमोजि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा वैशाख १० गतेसम्म कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima