Skip to content

‘नयाँ स्टक एक्सचेञ्ज चाहिँदैन, नेप्सेमै निजी क्षेत्रलाई सेयर दिनु’ : उच्चस्तरिय आर्थिक सुझाव आयोग

काठमाडौं । उच्चस्तरिय आर्थिक सुझाव आयोगले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) कै पुनःसंरचना गर्न सुझाव दिएको छ । आयोगले शुक्रबार अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई प्रतिवेदन बुझाउँदै नेप्सेको पुनसंरचना गरि निजी क्षेत्रलाई सेयरमा सहभागी गराउन भनेको हो ।

पूर्व अर्थ सचिव समेत रहेका रामेश्वर खनाल नेतृत्वको आयोगले प्रतिवेदनमा भनको छ–’नेपाल स्टक एक्सचेञ्जको पुनसंरचना गरि यसको पुँजी वृद्धि गर्नुका साथै निजी क्षेत्रलाई सेयरमा सहभागीता गराउनु पर्दछ ।’ आयोगले कमोडिटी एक्सचेञ्जको लाइसेन्स भने तत्कालै दिनुपर्ने उल्लेख गरेको छ । आयोगले कमोडीटी एक्सचेञ्जको आवश्यकता औल्याउँदै लेखेको छ–’वस्तु विनिमय बजार यथाशिघ्र सञ्चालनमा ल्याउने । यसका लागि आवश्यक पब्लिक वेयर हाउजिंग ऐन जारी गर्ने ।’

आयोगले सीडीएस एण्ड क्लियरिङको पनि पुनसंरचना गरि नेप्से बाहेकका अन्य संस्थाहरुलाई पनि सेयर दिनुपर्ने भनेको छ । आयोगले बुक बिल्डिंग र प्रिमियम आईपीओको पारदर्शितामा पनि प्रश्न उठाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima