Skip to content

सहरी क्षेत्रमा घरको नक्सा स्वीकृत गर्दा अनिवार्य बीमा गराउने व्यवस्था गर्न सुझाब

काठमाडौं । उच्चस्तरीय आर्थिक सुझाव आयोगले सहरी क्षेत्रमा घरको नक्या स्वीकृत गर्दा अनिवार्य रूपमा बीमा गराउनुपर्ने सुझाब दिएको छ । आयोगले आज अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पेस गरेको प्रतिवेदनमा बीमा क्षेत्रका लागि गर्नुपर्ने सुधारमा प्राधिकरणको सुशासन र बीमा एकेडेमी स्थापना पनि समावेश छ ।

यस्ता छन बीमा क्षेत्रमा गर्नुपर्ने सुधारका कामहरुः

१. बीमा कम्पनीहरुले लामो अवधिको वित्तीय साधन परिचालन गरेका तर लगानी उपयुक्त वित्तीय उपकरण नपाएको स्थितिमा बीमा कम्पनी लक्षित गरी उभ्भ प्रतिफल दिने पूर्वाधार आयोजनाहरुका लागि पूर्वाधार वण्ड जारी गर्ने व्यवस्था गर्ने,

२.बीमाको प्रिमियम शुल्क प्रतिस्पर्धात्मक रुपमा बजारमा निर्धारण हुने व्यवस्था गरी बीमाको दायरा बढाउने । बीमाको पहंँच बढाउन बीमा सम्बन्धि साक्षरता तथा ज्ञान बढाउन सबै सरकोकारवाला लाग्नु पर्ने । बजार र ग्राहकाको अवस्था अनुरुपका बीमा सेवाहरु प्रदान गर्नुपर्ने ।

३. सहरी क्षेत्रमा घर निर्माणको नक्सा स्वीकृत गर्दा अनिवार्य रुपमा घरको बीमा गर्ने व्यवस्था गर्ने । बीमा प्रिमियम तिरको रकम र कर योग्य सम्पत्तिको मूल्य निर्धारण गर्दा घटाउने व्यवस्था गर्ने ।

४. जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने व्यवस्था गर्ने ।

५ बीमा प्राधिकरणले बीमा कम्पनीहरुसँगको सहलगानीमा बीमा एकेडेमी स्थापन गर्नुपर्ने ।

६. बीमा प्राधिकरणको स्वात्तता, दक्षता, क्षमता र सुशासन बढाउन सरकारले सहयोग पुर्याउनुपर्ने ।

७. कृषि तथा पशु बीमा अनुदान संघीय तहबाट नभै स्थानीय तहबाट दिने व्यवस्था गर्नु उपयुक्त हुने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T