Skip to content

सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताल पोखरालाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशको पोखरा घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई १० वटा वेटिङ चेयर (कुर्सी) सहयोग प्रदान गरेको छ।

अस्पतालमा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्री हस्तान्तरण गरेका हुन्।

सो समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सहयोगले अस्पतालमा आउने बिरामीहरू साथै आगन्तुकहरूको बसाइलाई सहज र आरामदायक बनाउने विश्वास व्यक्त गरे।

स्वास्थ्य क्षेत्रको लागि सानै भए पनि सहयोग प्रदान गर्न पाउँदा आफू हर्षित भएको पनि पोखरेलले बताए। आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ।

सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २ सयवटा शाखा, १ सय ६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ एकाइहरूबाट १८ लाख ५० हजारलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T