Skip to content

वालिङ–हुवास सडक धमाधम कालोपत्रे हुँदै

पर्वत । वालिङ–हुवास सडक धमाधम कालोपत्रे गर्न थालिएको छ । यो सडकखण्डअन्तर्गत पर्वत र स्याङ्जाको सिमाना पियाखेतदेखि स्याङ्जाको हुल्काङ हुँदै–डुम्रेभञ्ज्याङसम्म कालोपत्र गर्न थालिएको हो ।

सङ्घीय सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत रु चार करोडबाट काम थालिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

निर्धारित समयमा विना व्यवधान कालोपत्र सम्पन्न गर्न बिहीबार बिहान ८ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म सवारीसाधन सञ्चालन रोकेर कालेपत्र गरिएको पैंयू गाउँपालिका–५ का अध्यक्ष नारायण भुर्तेलले जानकारी दिए।

चालु आवभित्रै काम सम्पन्न गर्ने लक्ष्य रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । यो सडक १६ किलोमिटर लामो छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T