Skip to content

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यानुभवको कागजात नक्कली भएको आरोप

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनले नियुक्तिमा पेश गरेको कार्यअनुभवको कागजात नक्कली भएको भन्दै नागरिक समाजका तर्फबाट सुशासनका कार्यरत समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको हो ।

भण्डारीविरुद्ध २०८२ वैशाख ३ गते अख्तियारमा उजुरी दर्ता भएको हो । सी ०६०८६९ दर्ता नम्बरको उजुरी पत्रका अनुसार उक्त संस्थामा नियुक्त भएका भण्डारीले नेपालको कम्पनीमा काम गरेको समयमा नै विदेशी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा काम गरेको उल्लेख छ ।

भण्डारीले एकैपटक नेपालको कम्पनी र बुरुण्डीको कम्पनीमा काम गरेको अनुभव पेश गरेका कारण भण्डारीको सो कागजात शंकास्पदसमेत देखिएको कागज हेर्दा प्रष्ट हुने उजुरीमा उल्लेख गरिएको छ ।

‘भण्डारीले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा पेश गरेको कागजातमा सन् २००८ को जनवरी २० सम्म नेपालमा रहेको तत्कालिन स्पाइस नेपाल, मेरो मोबाइल (अहिलेको एनसेल) मा डेपुटी चिफ फाइनान्स अफिसर पदमा काम गरेका छन् ।

यस्तै, उनले पेश गरेको अर्को कागजातमा बुरुण्डीमा रहेको लासेल एसयुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा १ जनवरी २००८ देखि १९ जनवरी २०१६ सम्म काम गरेको देखिन्छ । अर्थात १ जनवरी २००८ देखि २० जनवरी २००८ सम्म उनले नेपालको राजधानी काठमाडौँमा तत्कालिन स्पाइस नेपाल, मेरो मोबाइलमा डेपुटी चिफ फाइनान्स अफिसरमा काम गरेका थिए भने सोही समयमा अफ्रिकी देश बुरुण्डीको बुजम्बुरामा रहेको लासेल एसयुमा प्रमुख कार्यकारी अधिकृतको पदमा रहेर काम गरेको भन्दै अनुभवको कागजात पेश गरेका छन्,’ उजुरी पत्रमा भनिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi