Skip to content

चीनको विद्युत उत्पादन क्षमता १४.६ प्रतिशतले बढ्यो

बेजिङ । चीनको कुल विद्युत उत्पादन क्षमता चालु वर्षको सन् २०२५ मार्चको अन्त्यसम्म ३ अर्ब ४३ करोड किलोवाट पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.६ प्रतिशतले बढी हो।

राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार सौर्य ऊर्जाबाट उत्पादन हुने क्षमता ९५ करोड किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४३.४ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै, हावाबाट उत्पादन हुने विद्युतको क्षमता ५४ करोड किलोवाट पुगेको छ, जसमा १७।२ प्रतिशतले वृद्धि देखिएको छ।

यस वर्षको पहिलो ३ महिनामा चीनका ठूला विद्युत कम्पनीहरूले विद्युत उत्पादन योजनामा १३२ अर्ब २० करोड चिनियाँ मुद्रा बराबरको लगानी गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले कम हो।

सोही अवधिमा विद्युत प्रसारण लाइन निर्माणमा ९५ अर्ब ६० करोड चिनियाँ मुद्रा लगानी गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा २४.८ प्रतिशतले बढी हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi