Skip to content

प्रिओपन सेसनमा नेप्से सूचक १.८५ अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक १.८५ अंकले घटेर बन्द भएको छ।

आइतबार १६.६८ अंक घटेर २७०६.०४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८५ अंक घटेर २७०४।१८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०।१४ अंक बढेको छ।

सोमबार प्रिओपन सेसनमा ६१ स्टकको ८१ पटकको कारोबारमा १९ लाख ९६ हजार ३२ रुपैयाँ २० पैसाबराबरको ३ हजार ३२६ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T