Skip to content

इसेवाले ल्यायो १ लाख जित्न सकिने अफर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस’ अफर सार्वजनिक गरेको छ। बुधबारदेखि सुरु भएको उक्त अफर वैशाख २४ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

यस अवधिभर इसेवाबाट बैंक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा हरेक दिन दुई जना भाग्यशाली प्रयोगकर्ताले ५–५ हजार रुपैयाँको बोनस जित्न सक्नेछन् । यस्तै एक जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्ने अवसर प्राप्त गर्नेछन् ।

यस अफरअन्तर्गत क्युआर स्क्यान, इसेवा डाइरेक्ट वा खाता नम्बर प्रयोग गरी बैंकमा रकम ट्रान्सफर (बैंक ट्रान्सफर) गर्ने तथा क्युआर स्क्यान वा खाता नम्बर प्रयोग गरी सहकारीमा रकम ट्रान्सफर (सहकारी डिपोजिट) गर्ने सबै प्रयोगकर्ताहरू पुरस्कारको लागि स्वतः योग्य हुने इसेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल इसेवामा नेपालका सबै प्रमुख बैंक तथा वित्तीय संस्थाहरू साझेदार रहेका छन्। सहज ट्रान्सफरसँगै प्रयोगकर्ताहरूले अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, तथा एजेन्ट सेवा जस्ता माध्यमबाट सहज र सुरक्षित रूपमा इसेवामा रकम लोड गर्न सक्छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima