Skip to content

आईआईएनले बीमा सर्भेयरको आधारभूत तालिम आयोजना गर्ने

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) ले बीमा सर्भेयरको आधारभूत तालिम कार्यक्रम आयोजना गर्ने भएको छ । जसअनुसार, घर, सम्पत्ति, व्यवसाय तथा इञ्जिनीयरिङ बीमा, मोटर बीमा, परिवहन बीमा र हवाई बीमाको बीमा सर्भेयर सम्बन्धी आधारभूत तालिम आयोजना गरिने आईआईएनले जनाएको हो ।

तालिममा भाग लिनका बीमा नियमावली, २०८१ बमोजिम बीमा सर्भेयर हुने योग्यता हासिल गरेको हुनुपर्ने जनाइएको छ । आईआईएनका अनुसार, इञ्जिनीयर विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको, चार्टर्ड एकाउन्टेन्ट परीक्षा उत्तीर्ण गरेको र स्नातक उपाधि हासिल गरेको तथा कुनै निर्जीवन, लघुनिर्जीवन वा पुनर्बीमा वा नेपाल बीमा प्राधिकरण कम्तीमा १० वर्ष अधिकृतस्तरको पदमा काम गरेको वा स्नातक उपाधि हासिल गरेको तथा अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त बीमा सम्बन्धी इन्स्टिच्युटबाट निर्जीवन बीमामा एसोसिएटसीप वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ ।

तालिममा भाग लिनका लागि यही २०८२ साल वैशाख १९ गतेसम्म आवेदन दिन सकिने र पहिले आवेदन दिनेलाई पहिलो प्राथमिकताका आधारमा छनौट गरी प्रत्येक समूहमा ३० जनाका दरले तालिम संचालन गरिने आईआईएनले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima