Skip to content

दिगो लगानीका लागि एनएमबी बैंकको पहल: आइएफसी र मेटलाइफसँग साझेदारी

काठमाडौं । एनएमबी बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरू आइएफसी, बीआइआई र मेट लाइफसँगको साझेदारीमा नेपालमै पहिलोपटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित बण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ।

यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्ययमहरुमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गुणस्तरीय रोजगारी श्रृजना हुने लक्ष्यसमेत लिएको छ। त्यसैगरी, यसले देशको ऊर्जा क्षेत्रको विकसमा थप टेवा पुग्ने विश्वास बैंकको रहेको छ।

यस बण्ड जारी गरी प्राप्त हुने रकम विशेषतः सौर्य ऊर्जा लगायतका नवीकरणीय ऊर्जाहरू, विद्युतीय सवारी, हरित भवन तथा वायोमास जस्ता परियोजनाहरुमा लगानी विस्तार गर्ने लक्ष्य लिएको छ।

सो समझदारीपत्र हस्ताक्षर समारोहमा बैंकका संचालक समितिका अध्यक्ष मनोजकुमार गोयलले आफ्नो मन्तव्य राख्दै यस प्रयासमार्फत नवीकरणीय ऊर्जा लगायतका क्षेत्रहरुमा एक पारिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे।

साथै, उनले एनएमबी बैंकको यस पहलले विदेशी पुँजीलाई स्वदेशमा भित्र्याई जलबायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्यूनीकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi