Skip to content

एक महिना बितिसक्दा पनि गभर्नर नियुक्ती भएन, हरेक निर्णयमा विचौलिया हावीः प्रचण्ड

nabil bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न नसकेको प्रति रुष्ट बनेका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले दुई तिहाइको अंहकारता बढी भएको र दुई तिहाइको बेलुन फुटिसकेको देखेको बताए ।

हरेक नियुक्ती र निर्णयमा विचौलिया हावी भएको दाबी गरे । जनताले सेवा प्रवाह सहजरुपमा पाउन सकेका छैनन्। सार्वजनिक संस्थानहरुमा चरम राजनीतिकरण भइरहेको जनाए । सरकार बनेको १० महिनासम्म पनि सरकार नसुध्रिएको र सुध्रिन नचाहको उनको दाबी छ ।

‘सरकार सुध्रिनको लागि गठन भएकै थिएन । एउटा निश्चित वर्गको स्वार्थका लागि बनेको थियो । मैले त्यतिबेला यो भनिरहँदा सत्ता बहिर्गमनको छटपटी भनेर समेत टिप्पणी गरियो’ उनले भने ‘तर अहिले त यो तपाइहरुकै भाष्य बनिनसक्यो। सरकार सञ्चालन संयन्त्रकै सदस्यहरुले नै प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाको पहुँच भनेर सार्वजनिकरुपमा नै भन्ने अवस्था सिर्जना भयो ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi