Skip to content

नेपाल माइक्रो इन्स्योरेन्सको नाफा घट्यो, अन्य सूचक कस्ता ?

nabil bank

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नाफा ८०.०८ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ४ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ६०५.७४ प्रतिशत बढेको छ भने कुल आम्दानी १३०.७५ प्रतिशत बढेको छ । त्यस्तै इन्स्योरेन्सको खुद दाबी भुक्तानी ५१३.२७ प्रतिशत र कुल खर्च १४६.२९ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ५२ पैसा घटेर ९ पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५१६९ गुणा रहेको छ । ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडा कोषमा २६ लाख ७४ हजार रुपैयाँ, महाविपत्ती कोषमा २ लाख ६७ हजार रुपैयाँ रिटेन्ड अर्निङ्गमा २२ लाख ८ हजार रुपैयाँ र अन्य इक्विटीमा १८ हजार रुपैयाँ सञ्चित छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi