Skip to content

फोनपे आइसीटी क्षेत्रको सर्वाधिक करदाता घोषित

nabil bank

काठमाडौं । नेपालकै अग्रणी डिजिटल भुक्तानी सञ्जाल फोनपेले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सर्वाधिक कर तिर्ने संस्था रूपमा नेपाल सरकारबाट औपचारिक रूपमा सम्मान प्राप्त गरेको छ। उक्त सम्मान काठमाडौंमा आयोजित विशेष समारोहमार्फत ८औं राष्ट्रिय आईसीटी दिवसको अवसरमा प्रदान गरिएको हो।
सम्मानपत्र प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीद्वारा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारलाई प्रदान गरिएको थियो। यो सम्मानले कम्पनीको करदाताको रूपमा देखाएको उत्तरदायित्व र नेपालको डिजिटल प्रवर्द्धनमा गरेको योगदानको उच्च मूल्यांकन गर्छ।

फोनपेले नेपालको आइसीटी इकोसिस्टमको विकास र वृद्धिमा खेलेको महत्वपूर्ण भूमिकालाई यस सम्मानले थप प्रस्ट्याउँछ। डिजिटल वित्तीय सेवा क्षेत्रमा अग्रणी कम्पनीका रूपमा फोनपेले सधैं नगदरहित अर्थतन्त्रको प्रबर्द्धन, वित्तीय समावेशीकरण, र व्यवसाय तथा उपभोक्तालाई सशक्त बनाउने समाधानहरू विकास गर्न प्रतिबद्ध रहँदै आएको छ।

‘नेपाल सरकारबाट प्राप्त यो सम्मान हाम्रो लागि अत्यन्त गौरवको विषय हो,’ फोनपेका प्रमुख कार्यकारी अधिकृत श्री दिवास कुमारले भने। ‘फोनपेमा हामी जिम्मेवार कर्पोरेट नागरिकता र नवीनताबीच गहिरो सम्बन्ध रहेको विश्वास गर्छौं। यो सम्मानले नेपालको डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउने हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ, साथै आइसीटी क्षेत्रको अग्रणी संस्था रूपमा हाम्रो दायित्वप्रति हामी अझ सजग रहन्छौं।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi