Skip to content

बीमा प्राधिकरणले रिलायबल नेपाल लाइफलाई सेयर प्रिमियममा रहेको रकमबाट लाभांश घोषणा गर्न दिने

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई सेयर प्रिमियममा रहेको रकमबाट लाभांश घोषणा गर्न दिने भएको छ ।

प्राधिकरणमा बसेको पछिल्लो सञ्चालक समितिको बैठकले कम्पनीलाई सेयर प्रिमियममा रहेको रकमबाट लाभांश घोषणा गर्न दिने निर्णय गरेको एक उच्च पदस्थ कर्मचारीले बताए । यता रिलायबल नेपाल लाईफका एक कर्मचारीले पनि प्राधिकरणले सेयर प्रिमियममा रहेको रकमबाट लाभांश घोषणा गर्न दिने विषयमा छलफल गरेर सम्भवन निर्णय भइसकेको सुन्नमा आएको बताए ।

प्राधिकरणमा रिलायबल नेपाल लाइफले आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गर्न माग गरेको थियो । उक्त वितरणयोग्य मुनाफामा सेयर प्रिमियम रकम समावेश रहेको जनाएको थियो । प्राधिकरणले जगेडाकोषमा जम्मा गरेको प्रिमियम रकम मध्ये आयकर ऐन, २०५८ बमोजिम सरकारलाई बुझाउन सुझाव दिने भएको छ ।

करपछि कम्पनी ऐन २०६३ को दफा २९ को उपदफा (३) बमोजिम कम्पनीको पुँजी कायम गर्न नपुग रकमसम्म मात्रै पुँजीकरण गर्ने प्रयोजनका लागि रिलायबललाई प्राधिकरणले वितरणयोग्य मुनाफाबाट बोनस सेयर जारी गर्न दिने भएको हो । यस्तै बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि मात्रै नगद लाभांश घोषणा गर्न दिने निर्णय गरेको प्राधिकरणका कर्मचारीको भनाइ छ ।

रिलायबलले आव २०८०/०८१ को वित्तिय विवरणमा देखिएको कुल वितरणयोग्य मुनाफामा रहेको ३६ करोड रुपैयाँ बराबरको सेयर प्रिमियम रकमबाट लाभांश घोषणा गर्न माग गरेको कम्पनी स्रोतले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi