काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा लघु जीवन बीमा कम्पनीहरुले ८५ करोड माथिको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार तीनवटा लघु जीवन बीमा कम्पनीहरुले कुला ८५ करोड ५६ लाख रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएका हुन् ।
तीन लघु बीमा कम्पनीले चालु आवको चैत मसान्तसम्मको अवधिमा ८ लाख ६० हजार ६३ बीमालेख मार्फत उक्त रकम बराबरको बीमा शुल्क संकलन गरेका हुन् । चालु आवको चैत मसान्तसम्मको अवधिमा सबै भन्दा धेरै बीमा शुल्क आर्जन गर्ने लघु जीवन बीमा कम्पनीमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । यो कम्पनीले चैत मसान्तसम्ममा ३२ करो ५८ लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ ।
त्यस्तै यो अवधिमा क्रस्ट माइक्रो लाइफले ३२ करोड २० लाख रुपैयाँ र लिवर्टी माइक्रो इन्स्योरेन्सले २० करोड ७७ लाख रुपैयाँ बीमा व्यवसाय गरेको छ । लघु जीवन बीमा कम्पनीहरुले चैत महिनामा मात्रै कुल १३ करोड १० लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्