काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनको आधारमा नेपाल बीमा प्राधिकरणले वैशाख १५ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले २४ वटै बीमालेखको प्लान कोड र बीमा अवधि अनुसार प्रति हजार बीमाङ्कमा बोनस दर निर्धारण गरेको छ । जसमा बीमालेख र बीमा अवधिअनुसार न्यूनतम १८ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।













प्रतिक्रिया दिनुहोस्