Skip to content

धितोपत्र बजारमा ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाको, जलविद्युत दोस्रो हुँदा अन्यको कति ?

काठमाडौं । नेपाल स्कट एक्चेञ्ज (नेप्से)मा सूचीकृत २७० वटा कम्पनीमध्ये सबैभन्दा धेरै हिस्सा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । यस्तै ९१ जलविद्युत कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.७ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा २.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi