Skip to content

आइतबार प्रिओपन सेसनमा नेप्से साढे ३ अंकले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रिओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले घटेर बन्द भएको छ।

गत बिहीबार ८.४१ अंक घटेर २६११.८५ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ३.५९ अंक घटेर २६०८.२५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक घटेको छ।

आइतबार प्रिओपन सेसनमा ३७ स्टकको ८५ पटकको कारोबारमा २६ लाख ६७ हजार ७२ रुपैयाँबराबरको ३ हजार १६५ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T