Skip to content

५ वटा होटलको आईपीओ लेखासमितिको निर्देशनले रोकियो, ४ वटाले सेबोनबाट कहिले पाउलान अनुमति ?

काठमाडौं । सार्वजनिक लेखासमितिका कारण जलविद्युत कम्पनीको मात्रै होइन, होटल एण्ड टुरिजम समूहका विभिन्न ५ वटा कम्पनीले पनि साधारण सेयर (आईपीओ) निष्कासन गर्न पाएका छैनन् ।

बोर्डको पाइपलाइनमा होटल तथा पर्यटन समूहका ९ वटा कम्पनीको आईपीओ पाइपलाइनमा रहेको थियो । बोर्डको पाइपलाइनमा रहेका ९ वटा कम्पनीमध्ये ४ वटा कम्पनीले २०८० सालमा नै आवेदन दिएका छन् भने बाँकी ५ वटाले २०८१ मा आवेदन दिएका हुन् ।

आईपीओ निष्कासनको तयारीमा रहेका ९ मध्ये ५ वटा कम्पनीको नेटवर्थ लेखा समितिले भनेको ९० रुपैयाँ नपुगेका कारण सेयर निष्कासन गर्न नसकेका हुन्। सार्वजनिक लेखासमितिले २०८० पुस १३ गते नेटवर्थ ९० वा सोभन्दा कम भएका कम्पनीको आईपीओ निष्कासन गर्न नदिनु भनेर बोर्डलाई निर्देशन दिएको थियो ।

नेटवर्थ ९० भन्दा कम हुने कम्पनीमा एपेक्स हस्पिटालिटी, अर्चिड होल्डिङ्स, अन्नपूर्ण केवलकार, आक्मा होटल र ठमेल प्लाजा होटल एण्ड स्वीट्सको नेटवर्थ ९० वा सो भन्दा कम रहेको छ । धितोपत्र बोर्डका अनुसार होटल फरेस्ट इनको व्यबसायिक संचालनको अवधि अपुग भएका कारण साधारण सेयर ल्याउन सकेको छैन ।

यस्तै, माउन्टेन ग्लोरी होटलको फाइल अध्ययनको क्रममा रहेको बोर्डले जनाएको छ । यता बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनीको साइट धितोपत्र बोर्डले अनुगमन गरिसकेको छ । अनुगमन सेयर उक्त कम्पनीका बारेमा अध्ययन भइरहेको सेबोनले जनाएको छ ।

यस्तै, वर्णवास म्यूजिमय एण्ड होटल कमपनीको आईपीओ अध्ययनको क्रममा रहेको छ । पाइपलाइनमा रहेका कम्पनीमध्ये छिटो आईपीओ निष्कासन यही कम्पनीको हुने देखिएको छ । बोर्डले मागेको कागजात तथा विवरण कम्पनीले २०८२ वैशाख २ गते बोर्डमा पेश गरिसकेको छ ।

लेखा समितिको निर्दशनका कारण होटलको मात्रै नभएर ४३ वटा जलविद्युत कम्पनीको सेयर निष्कसन गर्न अनुमति दिएको छैन । अन्य समूहका धेरै कम्पनीको आईपीओ रोकिएको । बोर्डले लेखा समितिको निर्देशनलाई देखाउँदै आईपीओ रोकेको र केही बिचौलीले आयोजनाअनुसार ५ र ७ प्रतिशत कमिसन मागेको भनेर उर्जा व्यवसायीहरु अख्तियार पुगेका छन् । अख्तियारले धमाधम अनुसन्धान गरिरहेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima