Skip to content

लक्ष्मी अटोकम्पद्वारा जनकपुर र बर्दिबासमा निःशुल्क ब्याट्री चेकअप क्याम्प सम्पन्न

काठमाडौं । टाटा ग्रीन ब्याट्रीजको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी अटोकोम्प प्रालिले उपत्यकाबाहिर जनकपुर र बर्दिबास क्षेत्रमा पहिलोपटक आयोजना गरेको निःशुल्क ब्याट्री जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ। यसै वर्षको बैशाख ३० गतेदेखि जेठ २ गतेसम्म बर्दिबासको श्रेष्ठ ट्रेडर्स, जनकपुरको बजरंग चौकस्थित स्टार जनरल सप्लायर्स, भानुचोकको श्री जानकी ट्रेडर्स र पिडारीचोकको रोशन ट्रयाक्टर पार्ट्समा नि:शुल्क ब्याट्री जाँच क्याम्प गरेको हो।

कम्पनीका अनुसार शिविर अवधिमा टू-ह्वीलर र फोर-ह्वीलर दुवै प्रकारका सवारीसाधनहरूको ब्याट्री जाँच निःशुल्क रूपमा गरिएको थियो। गाडी चालक र आगन्तुकहरूलाई ब्याट्रीसम्बन्धी जानकारी दिइएको थियो, जसले ग्राहकहरूको विश्वासमा वृद्धि गरेको कम्पनीले जनाएको छ।

दुई पाङ्ग्रेको ब्याट्री खरिदकर्तालाई टिसर्ट, पेन, नोटप्याड, टोपी, छाता, र कीरिङसहितको गिफ्ट ह्याम्पर र चार पाङ्ग्रे/इन्वर्टर ब्याट्री खरिदकर्तालाई आइरन र झोला वितरण गरिएको थियो। केवल जाँच गराउन आएका आगन्तुकहरूलाई पनि स्टेसनरी सामग्री र छुट कुपन वितरण गरिएको थियो। कार्यक्रममा करिब ३ सयभन्दा बढी सहभागी भएका थिए। कार्यक्रमको नेतृत्व लक्ष्मी अटोकोम्पका सेल्स हेड उमेश घिमिरेले गरेका थिए।

शिविरले ग्राहक, चालक र डिलरहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै टाटा ग्रीन ब्याट्रीजको सशक्त उपस्थिति जनकपुर र बर्दिबास क्षेत्रमा स्थापित गरेको कम्पनीको भनाइ छ। कम्पनीले भविष्यमा यस्ता सेवामूलक कार्यक्रमहरू नेपालका अन्य भागहरूमा पनि सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi