Skip to content

नेपाल इन्स्योरेन्सले पायो हकप्रद सेयर बिक्रीको स्वीकृति

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले जेठ ७ गते कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

कम्पनीलाई बोर्डले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ छ । हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्ने छ । जुन बीमा प्राधिकरणले तोकेको साढे २ अर्बको चुक्ता पुँजी पनि पुग्ने छ । कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi