Skip to content

आइतबार प्रिओपन सेसनमा नेप्से ४.४८ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रिओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेको छ।

साताको अन्तिम दिन बिहीबार १९.०४ अंक बढेर २६८८.५५ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ४.४८ अंक बढेर २६९३.०४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४७ अंक बढेको छ।

आज प्रिओपन सेसनमा ४८ स्टकको १०४ पटकको कारोबारमा १ करोड ९६ लाख २२ हजार ९३२ रुपैयाँबराबरको ४१ हजार १५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi