Skip to content

गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ मा उल्लेख भएको विज्ञता नपुगेको व्यक्तिलाई गभर्नर नियुक्त गरेको भन्दै उनलाई शपथ गराउने निर्णय गैरकानुनी भएको जिकिर गरिएको छ । रिटमा राष्ट्रलाई असर पर्ने कुनै पनि निर्णय नगर्न परमादेशको माग गरिएको छ ।

अधिवक्ताहरुले नेपालको संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषणको आदेशले बदर गरी नोटमा हस्ताक्षर गर्ने लगायतका गम्भीर राष्ट्रिय महत्त्वको विषयमा राष्ट्रलाई नै असर पर्ने गरी गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्न नगराउन प्रतिषेध मिश्रित परमादेशको आदेश माग गरिएको छ ।
रिटमाथि बुधबार पेसी तोकिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima