Skip to content

आगामी सातादेखि बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दात न्यूनतम ९० प्रतिशत कायम गर्नुपर्ने

काठमाडौं ।आगामी सातादेखि बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत कायम गर्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत जेठ १८ गतेदेखि राष्ट्र बैंकमा राख्नुपर्ने छ ।

राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका संस्थाले कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दातबापत यस बैंकमा राख्नु पर्नेछ । यस व्यवस्थाबमोजिम कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम जेठ १८ देखि दैनिक रुपमा यस बैंकमा राख्नु पर्ने भएको हो ।

अनिवार्य मौज्दातको गणना साप्ताहिक औसत निक्षेप मौज्दातका आधारमा गरिनेछ। मौज्दातको गणना गर्दा एकहप्ता अन्तराल कायम गरी तत्पश्चातको दुई हप्ता (आइतबार) देखि १४ औं दिनको (शनिबार) मा कायम गरिने औसत नगद मौज्दातलाई लिइनेछ ।

अनिवार्य मौज्दात गणना गर्ने प्रयोजनको लागि कुल निक्षेप दायित्वका हकमा साप्ताहिक रुपमा आइतबारदेखि शनिबारसम्मको कुल निक्षेपको योगलाई सात अङ्कले भाग गरी दैनिक औसत निर्धारण गर्नुपर्नेछ ।

राष्ट्र बैंक मौज्दातको गणना गर्दा आइतबारदेखि १४ औं दिनको शनिबारसम्मको दैनिक मौज्दातको कुल योगलाई चौध अंकले भाग गरी दैनिक औसत निर्धारण गरिनेछ । यो निर्देशनबमोजिम कायम गर्नुपर्ने अनिवार्य मौज्दातको कम्तीमा ९० प्रतिशत मौज्दात दैनिक रुपमा कायम गर्नुपर्नेछ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi