Skip to content

उपल्लो मुस्ताङमा छात्रावास भवन शिलान्यास, लागत ४ करोड ३० लाख

मुस्ताङ । भारत सरकारको आर्थिक अनुदान सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालयमा छात्रावास तथा चमेनागृह भवन निर्माण गरिने भएको छ । त्यसै प्रयोजनार्थ लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिन्हर्वु गुरुङ र भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले आज एक समारोहबीच संयुक्त रूपमा भवनको शिलान्यास गरे ।

नेपाल–भारत विकास साझेदारी सहयोगअन्तर्गत उक्त विद्यालयमा दुई तलाको विद्यार्थी छात्रावास भवन तथा चमेनागृह भवन निर्माण हुनेछ । भारत सरकारको ८० प्रतिशत र लोमान्थाङ गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी रहने गरी विद्यालयको दुई तलाको २४ कोठे छात्रावास भवन तथा चमेनागृह भवनको पूर्वाधार निर्माण हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिए । चार करोड ३० लाख रुपैयाँ लागतमा रेन्बो कन्स्ट्रक्सनसँग १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उनले बताए ।

शिलान्यास कार्यक्रममा भारतीय दूतावासका नियोग उपप्रमुख श्रीवास्तव र लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङसहित दूतावासका अधिकारी विनय आनाद, गाउँपालिका उपाध्यक्ष छ्युमी बिष्ट गुरुङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट (राजु), लोमान्थाङ गाउँपालिकाका वडाध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले नेपाल—भारत सम्बन्ध सांस्कृतिक तथा सामाजिक रूपमा परापूर्वकालदेखि चल्दै आइरहेको बताए । उनले नेपाल—भारत विकास साझेदारीको अवधारणाअन्तर्गत छात्रावास भवनको शिलान्यास गर्न पाउँदा गौरवान्वित महसुस भएको उल्लेख गरे।

गाउँपालिका अध्यक्ष गुरुङले भारत सरकारले यहाँको शैक्षिक, स्वास्थ्य र सांस्कृतिक विकास र पूर्वाधारमा पु¥याएको योगदानको प्रशंसा गरे। उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत उक्त विद्यालय एक मात्र माध्यमिक तहको विद्यालय हो । हाल यहाँ मुस्ताङसहित विभिन्न जिल्लाका ६४ जना विद्यार्थीले आवासीय छात्रावास सुविधासहित पठनपाठन गर्दै आइरहेका विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाठीले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima