Skip to content

हिमालयनबाट बाहिरिँदै पाकिस्तानको हबिब बैंक, प्रतिकित्ता कतिमा हुँदैछ बिक्री ?

काडमाडौं । हिमालयन बैंकबाट पाकिस्तानको हबिब बैंक बाहिरिने भएको छ ।

हबिबले हिमालयन बैंकमा आफ्नो स्वामित्वमा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर बिक्री गरेर बाहिरिन लागेको हो ।

हबिबले हिमालयन बैंकमा रहेको संस्थापक सेयर प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसाका दरले बिक्री गर्न लागेको छ । उक्त सेयर किन्न चाहनेले ३ अर्ब १६ करोड ३ लाख ६४ हजार २७० रुपैयाँ लगानी गर्नुपर्ने छ ।

हबिबले संस्थापक शेयर मूल्य तोकी एकमुस्ट सम्पूर्ण संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएको छ । नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०८१ को निर्देशन नं. १० बमोजिम संस्थापक सेयर खरिद गर्न पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिनुपर्ने व्यवस्था छ ।

बैंकका हाल कायम रहेका संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र बैंकको हेरिटज प्लाजा, कमलादी, काठमाडौं स्थित कानून विभागमा निवेदन दिनु अनुरोध गरेको छ।

तोकिएको मितिभित्र बैंकका संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएमा प्रचलित कानूनबमोजिम अन्य व्यक्ति तथा संस्थालाई संस्थापक सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

हाल हिमालयन बैंकमा हबिब बैंकको १२.९३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १२.६२ प्रतिशत, एन ट्रेडिङ कम्पनीको ८.२६ प्रतिशत, म्युचुअल ट्रेडिङ कम्पनीको ७.६६ प्रतिशत, आभा इन्टरनेसनल प्रालिको ७.४६ प्रतिशत, छाया इन्टरनेसनल प्रालिको ५.७८ प्रतिशत, प्रदिपजंग पाण्डेको १.९८ प्रतिशत, सशिकान्त अग्रवालको १.७१ प्रतिशत, इच्छाराज तामाङको १.३६, नेशनल लाइफको १.२५ प्रतिशत स्वामित्व रहेको छ ।

एसियन इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनीको ०७७ प्रतिशत, रिता मल्लको ०.७३ प्रतिशत, प्रभा गोयन्का भिमसरियाको ०.६७ प्रतिशत, बिजय इन्टरनेसनल प्रालिको ०.५२ प्रतिशत र अन्जु खेतानको ०.५० प्रतिशत सेयर स्वामित्व छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T