Skip to content

प्रिओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

काठमाडौं । प्रिओपन सेसनमा बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

मंगलबार ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.२५ अंक घटेर २६५४.५० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंक घटेको छ।

बुधबार प्रिओपन सेसनमा ३९ स्टकको ७४ पटकको कारोबारमा ३ करोड ५२ लाख २ हजार ४६२ रुपैयाँबराबरको ७० हजार ८९० कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T