Skip to content

एलआईसी नेपालले असार ३० गते बोलायो साधारणसभा, १० प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड एलआईसी नेपालले असार ३० गते २३औं वार्षिक साधारणसभा बोलाएको छ।

सो कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सभा आयोजना गर्ने निर्णय गरेको हाे।

उक्त सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (करसमेत) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरण पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

त्यस्तै, समूह ‘ख’ (सर्वसाधारण सेयरधनी) तर्फबाट एक जना सञ्चालक निर्वाचन गर्ने र संस्थापक समूहबाट नियुक्त सञ्चालकको अनुमोदन गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेको छ। बोनस सेयर वितरणपछि पुँजी वृद्धि हुने भएकाले सो अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न वा नियमनकारी निकायको निर्देशनअनुसार आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि राखिनेछ।

साथै, साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार १६ गते १ दिनका लागि बुक क्लोज गर्ने जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima