Skip to content

साताको अन्तिम दिन पनि घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिनदेखि घटेको नेप्से परिसूचक बिहीबार पनि घटेको हो। बिहीबार नेप्से परिसूचक २४.७६ अंक घटेर २६२८.९१ विन्दुमा झारेको छ ।

यसैयरी, सेन्सेटिभ इण्डेक्स ३.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंक घटेको छ । साताको अन्तिम कारोबार दिन कारोबार रकम भने बढेको छ । बिहीबार सेयर बजारमा ११ अर्ब २३ करोड १४ लाख ८९ हजार रुपैयाँबराबर कारोबार भएको छ । बुधबार ९ अर्ब रुपैयाँबराबरको मात्र कारोबार भएको ।

आज कारोबार भएका १३ वटै उपसमूहको परिसूचक घटेका छन्। यसमध्ये सबैभन्दा धेरै व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.४७ प्रतिशत घटेको छ। आज विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् ।

आज पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ। यस कम्पनी सेयरमूल्य यस दिन १२० रुपैयाँ ६८ पैसा घटेर १ हजार ८६ रुपैयाँ ५२ पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, आज रसुवागढी हाइड्रोपावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८५ करोड ४४ लाख ५६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आज कारोबार बुटवल पावर कम्पनीको ५८ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने सिंगटी हाइड्रो इनर्जीको करिब ४८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima