Skip to content

सेयर बजार ३२.९३ अंकले घट्यो, कारोबार ९ अर्बमा सीमित

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक ३२.९३ अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार पनि घटेर बन्द भएको नेप्से सूचक आज पनि घटेको हो । आज नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स ५.३८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंक घटेको छ।

नेप्से परिसूचकसँगै बिहीबारको तुलनमा आज कारोबार रकम पनि घटेको छ। गत बिहीबार ११ अर्ब २३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूहको परिसूचक घटेको छ । यस उपसमूहको सेयर मूल्य ३.१३ प्रतिशत घटेको छ । यसैगरी, जलविद्युत उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

आज कारोबारमा आएको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य यस दिन ३१ रुपैयाँ ६२ पैसा बढेर ३४८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको पियोर इनर्जीको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima