Skip to content

नागढुंगा सुरुङ मार्गमा यी सवारी साधानलाई प्रवेश निषेध

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुलुककै पहिलो नागढुंगा आधुनिक सुरुङ मार्ग सञ्चालनका लागि निर्देशिका जारी गरेको छ ।

सुरुङ मार्गमा पैदल यात्रु प्रवेश निषेध गरिने भएको छ । यसैगरी, सुरुङ मार्गको सडकमा सवारीसाधनले अधिकतम वेग (स्पीड) ६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हुँइकिन पाउनेछन् ।

यसमा दुई पाँग्रे, तीन पाँग्रे, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन, लम्बाई १८ मिटर, चौडा ई २.५ मिटर र उचाई ४.७५ मिटर भन्दा अग्ला सवारी साधन समेत सुरुङ मार्गमा प्रवेश गर्न निषेध गरिने निर्देशिकामा उल्लेख छ । निर्देशिकामा उल्लेख भएका बुँदा पालना नगर्ने सवारी साधनलाई सो सडक यात्रामा प्रतिबन्ध लगाउने व्यवस्था समेत रहेको जनाइएको छ ।

यस्तै जोखिमयुक्त सामग्री बोकेका जुनसुकै सवारी साधनलाई सुरुङ मार्गमा प्रवेशमा रोक लगाइने छ । जसमा अत्याधिक प्रज्वलनशील पदार्थहरु (जस्तै मट्टीतेल, डिजेल, पेट्रोल, ग्याँस आदि), जुनसुकै किसिमका बिस्फोटक पदार्थ, सुरक्षा निकाय बाहेकका हातहतियार, स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने पदार्थ, दुर्गन्धित, गन्हाउने तथा कुहिएका मालसामान, प्रचलित कानूनबमोजिम निषेध गरिएका अन्य मालसामानलाई प्रवेशमा रोक लगाइने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima