Skip to content

हिमालयन लाइफ इन्स्योरेन्सका १३ ठूला सेयरधनीः शेखर गोल्छादेखि मोतीलाल दुगडसम्म

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा १३ व्यक्ति तथा कम्पनी ठूला सेयरधनीको रुपमा छन् । कम्पनीमा उद्योग वाणिज्य महासंघका अध्यक्ष पूर्वअध्यक्ष शेखर गोल्छादेखि मोतीलाल दुगडसम्म छन् ।

कम्पनीमा सबैभन्दा बढी सेयर स्वामित्व लक्ष्मी सनराइज बैंकको ३९ लाख १३ हजार १९५ कित्ता, राजेन्द्र खेतानको ३९ लाख १३ हजार १९५ कित्ता, पुजा अग्रवाल खेतानको ३९ लाख १३ हजार १९५ कित्ता सेयर स्वामित्व छ ।

यस्तै विवेक दुगडको ३१ लाख ५७ हजार २७२ कित्ता, शेखर गोल्छाको २७ लाख १५ हजार २२१ कित्ता, शाहिल अग्रवालको २७ लाख १५ हजार २२१ कित्ता, मोतीलाल दुगडको २६ लाख ४८ हजार ६६१ कित्ता, शुलभ अग्रवालको २४ लाख ५७ हजार २७५ कित्ता सेयर स्वामित्व छ ।

यस्तै रतनलाल संघाइको १९ लाख ९२ हजार ८३१ कित्ता, नरेश दुगडको १४ लाख १७ हजार ६४५ कित्ता, विकास दुगडको ११ लाख ४३ हजार २६५ कित्ता, मर्कन्टाइल क्यापिटलको ११ लाख ३ हजार ७२२ कित्ता र गोपीकृष्ण सिकारियाको ९ लाख ८३ हजार ३१५ कित्ता सेयर स्वामित्व छ  ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T