Skip to content

प्रिओपन सेसनमा नेप्से ५.३४ अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक बिहीबार ५.३४ अंकले बढेको छ।

बुधबार ३४.४२ अंक बढेर २६९४.८२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.३४ अंक बढेर २७००.१६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.९४ अंक बढेको छ।

बिहीबार प्रिओपन सेसनमा ६२ स्टकको १२६ पटकको कारोबारमा ७१ लाख १० हजार ३७९ रुपैयाँ ३० पैसाबराबरको १२ हजार ८४ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T