काठमाडौं । टीभीएस मोटर कम्पनीले टीभीएस जुपिटर ११० स्कुटरको नयाँ मोडल सार्वजनिक गरेको छ ।
नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स मार्फत सार्वजनिक गरिएको नयाँ जुपिटर ११० मा १५ वटा फर्स्ट –इन–क्लास र १४ वटा बेस्ट–इन–क्लास रहेका छन् । जुपिटर ११० मा इनफिनिटी लाइट बार, पियानो ब्ल्याक प्यानल, र चिल्लो आधुनिक डिजाइन रहेको छ। यसले यात्रालाई स्टाइलिश बनाउनुका साथै सुरक्षामा समेत ध्यान दिएको जनाएको छ ।
यसमा ११३.३ सीसीको ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन ले ५.९ किलोवाट पावर र ९.८ एनएम टर्क प्रदान गर्छ । यसमा ३३ लिटर ड्युल हेल्मेट अन्डर–सिट स्टोरेज, अगाडि इन्धन भर्ने सुविधा, र फराकिलो लेग स्पेस रहेको छ । रोटोपेटल डिस्क ब्रेक, मेटल म्याक्स बडी, इमर्जेन्सी ब्रेक वार्निङ र हाजार्ड ल्याम्प जस्ता सुरक्षा फिचरहरूमा फाइन्ड मी, फलो मी हेडल्याम्प्स र अटो क्यान्सल टर्न सिग्नल जस्ता स्मार्ट फिचरहरू रहेका छन् ।
टीभीएस स्मार्ट कनेक्टमा ब्लुटुथ सक्षम डिजिटल डिस्प्लेमा कल, एसएमएस, नेभिगेसन, र भ्वाइस असिस्ट रहेका छन् । जुपिटर ११० को सुरुवाती मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ रहेको छ।












प्रतिक्रिया दिनुहोस्