Skip to content

प्रभु बैंकका ग्राहकलाई होपफुल हराइजन नेपालमा विशेष छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक, ललितपुरस्थित होपफुल हराइजन नेपाल प्रालिमा मानसिक स्वास्थसम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।

एक समारोहका बीच होपफुल हराइजन नेपाल प्रालिका तर्फबाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । उक्त समारोहमा प्रभु बैंकका प्रिभिलेज बैंकिङ प्रमुख, अन्जु बस्नेतको पनि उपस्थिति थियो ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक होपफुल हराइजन नेपाल प्रालि मा पेस गर्नुपर्ने छ ।

होपफुल हराइजन नेपाल प्रालि नेपालको एक दक्ष एवं अनुभवी विषेशज्ञहरुको टोलीद्वारा निजी क्षेत्रवाट सञ्चालित मानसिक स्वास्थ सेवा प्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थसम्बन्धी सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima