Skip to content

विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य, भ्रमणमा जाने नेपालीले लान पाउने रकम सीमा बढ्यो

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य गरेको छ। राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दे नयाँ व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत प्रतिपटक अमेरिकी डलर ३ हजार वा सोबराबरको परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सकिने व्यवस्था गरेको छ । यसअघि यस्तो सुविधा अमेरिकी डलर २ हजार ५०० थियो।

राहदानीबापतको सटही सुविधा र औपचारिक भ्रमणबापतको सटही सुविधा परिवत्र्य विदेशी मुद्राको खातामा जम्मा गरी (नयाँ खाता खोली समेत) उपलब्ध गराउन सकिने व्यवस्था थप गरिएको छ। यसअघि यस्तो व्यवस्था थिएन।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi