Skip to content

कामना सेवा विकास बैंकको नाफा बढ्यो, कति छ लाभांश दिने क्षमता ?

काठमाडौं । कामना सेवा विकास बैंकले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा नाफा बढाएको छ ।

अघिल्लो आवको तुलनामा बैंकले नाफा गत आवको असार मसान्तसम्म ९.१९ प्रतिशतले नाफा बढाएको छ । गत आवको असार मसान्तमा बैंकको नाफा ६३ करोड ५२ लाख रुपैयाँ छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ५८ करोड १८ लाख रुपैयाँ थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफामा सुधार आएको छ ।

बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशत बढेर २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ रहेको छ भने सञ्चालन नाफा १.९७ प्रतिशतले बढेर ९८ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ रहेको छ । बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४७.७१ प्रतिशतले बढेर ६० करोड ७४ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४१ करोड १२ लाख थियो । बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३० पैसा छ।

बैंकको प्रतिसेयर आम्दानी ३७ पैसा बढेर १८ रुपैयाँ १० पैसा छ । बैंकको प्रति सेयर नेटवर्थ १६८ रुपैयाँ १३ पैसा रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T