Skip to content

कामना सेवा विकास बैंक ‘बीपीए अवार्ड २०२४ गोल्ड’बाट सम्मानित

काठमाडौं । कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ बाट सम्मानित भएको छ।

बैंकले वित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने गोल्ड अवार्ड प्राप्त गरेको हो।
नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आइक्यान) ले आर्थिक वर्ष २०२३र२४ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहीता र सुसासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । बैंकले आफ्नो १८ औं वार्षिक साधारण सभामा पेश गर्नको लागि तयार गरेको वित्तीय विवरणमा शेयरधनी तथा सरोकारवालाहरुलाई बैंकको विवरण उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।

काठमाडौंको होटल ¥याडिसनमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि माननिय महालेखापरिक्षक तोयम रायाले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई हस्तान्तरण गरेका हुन् । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बीपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत स्वतः मनोनीत हुनेछ ।

गत वर्ष बैंकको वार्षिक वित्तीय विवरण चार्टड एकाउन्टेन्ट संस्था, नेपालबाट प्रदान गरिने ‘बिपीए अवार्ड सिल्भर’ र साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्र्तगत प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’ बाट सम्मानित भएको थियो । बैंकिङ क्षेत्रमा उक्त अवार्डहरुलाई अति प्रतिष्ठित अवार्ड मानिने गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima