Skip to content

भुक्तानीसम्बन्धी कार्य गर्ने कम्पनीले राष्ट्र बैंकले तोकेका यी सर्त पूरा गरेमात्र लाभांश दिन पाउने

काठमाडौं । भुक्तानीसम्बन्धी कार्य गर्ने कम्पनीले राष्ट्र बैंकले तोकेको सर्तहरू पूरा गरेपछि मात्र लाभांश दिन पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले आइतबार जारी गर्दै भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र संस्थाले केन्द्रीय बैंकले तोकेको विभिन्न कोषहरूमा रकम जम्मा गरेपछि मात्रै लाभांश वितरण गर्न पाउने व्यवस्था गरेको हो ।

भुक्तानीसम्बन्धी कार्य गर्ने कम्पनीले जोखिम बहन कोष, जगेडा कोष र पूर्वाधार विकास कोषमा पर्याप्त रकम जम्मा गरेपछि मात्रै लाभांश वितरण गर्न पाउनेछ । मार्गदर्शनमा नियमाकीय पुँजी कायम गर्न आधार निर्माण हुने गरी एवम् कारोबारको निरन्तर अभिवृद्धि साथै जोखिम बहन गर्ने क्षमता विकासका लागि स्रोतको व्यवस्थापन र व्यवसायको निरन्तरता योजना कार्यान्वयनमा सहयोग पुग्ने गरी मात्रै लाभांश वितरण गर्नुपर्ने उल्लेख छ ।

भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ गर्दै संस्थाले नियमाकीय पुँजी कायम गर्ने सम्बन्धमा संस्थाको योजना, नगद लाभांश तथा सेयर लाभांशसम्बन्धी नीतिहरू समावेश गरेर मात्रै लाभांश नीति तर्जुमा गर्नुपर्ने उल्लेख गरिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T