Skip to content

करिब सवा २९ सय पुगेर फर्कियाे सेयर बजार, कारोबार रकम २१ अर्बभन्दा बढी

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार ५१ अंक बढेर २९२२ विन्दुसम्म पुगेको नेप्सेको वृद्धि टिकाउ हुन सकेन। पछि सेयर बजार नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा पुगेको छ । १ बजेतिरको कारोबार समयमा नेप्से सूचक लगभग सवा २९ सयको हाराहारीमा पुगेको थियो । यस दिन सेन्सेटिभ इण्डेक्स २.४६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अंक घटेको छ।

सेयर बजार सामान्य अंकले बढे पनि आज कारोबार रकम भने उच्च बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार साढे १६ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ । बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। आज अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.३६ प्रतिशत बढेको छ। यता होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक आज सबैभन्दा धेरै २.२६ प्रतिशत घटेको छ।

आइतबार ४ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, सान्भि इनर्जी, ट्रेड टावर र शिव श्री हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ९८ करोड ५५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, आज बुटवल पावर कम्पनीको ६४ करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे ५६ करोड बढिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi